नाइट क्लबमा सुन्दरीहरुसँग सेल्फी खिच्दै छमछमी नाचे पूर्वराजा ज्ञानेन्द्र शाह, भिडियो भाइरल

समाचार

काठमाडौं, मंसिर २ । पछिल्ला दिनहरुमा धार्मिक तथा रजनैतिक गतिबिधिहरुमा सक्रिय बन्दै गइरहेका पूर्वराजा ज्ञानेन्द्र शाह अचानक काठमाडौँको एक नाइट क्लबमा भेटिएका छन् । पूर्वराजा ज्ञानेन्द्र ठमेलस्थित एक नाइट क्लबमा भने एक्लै गएका होइनन् । उनी बुहारी हिमानी, छोरी प्रेरणा सहित क्लबमा गएका हुन् ।

पूर्वराजपरिवारलाई देखेपछि क्लबमा गएका युवायुवतीहरु हौसिएको भिडियोमा देखिन्छ । सार्वजनिक भिडियोमा ज्ञानेन्द्रले सुरु सुरुमा हात मात्रै हल्लाए पनि केही समय बित्दै गएपछि उनी नाच्न थाल्छन् र फनक्क फन्को मारेको देखिन्छ । ज्ञानेन्द्र सहित क्लबमा पुगेका उनकी बुहारी हिमानी र छोरी प्रेरणाले पनि क्लबमा बजेको गीतमा बोली मिलाउँछिन् । ज्ञानेन्द्रले भने क्लबमा पुगेका युवायुवतीहरुसँग हात मिलाउँदै सुन्दरीहरुसँग सेल्फी पनि खिच्न भ्याएका छन् । हेर्नुहोस् यो भाइरल भिडियो

अन्य समाचार

काठमाडौं । तीन वर्षपहिले विद्युत्भार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउनका लागि आम उपभोक्तालाई आग्रह गर्ने अवस्थामा आइपुगेको छ । यो समाचार आजको मा प्रकाशित छ। प्राधिकरणको प्रणालीमा उपलब्ध भएको विद्युत् खपतको मात्रा नबढेपछि आम उपभोक्तालाई विद्युतीय (इन्डक्सन) चुल्हो प्रयोगका लागि आग्रह गर्न लागेको हो । प्राधिकरण आफैँले प्रक्षेपण गरेको योजनाअनुसार नै वार्षिक १० प्रतिशतको दरमा विद्युत्को माग बढ्नुपर्ने थियो । तर पछिल्ला दिनमा प्राधिकरणको अपेक्षाअनुसार विद्युत् माग बढ्न सकेको छैन ।

प्राधिकरणले उपभोक्ताले चाहे जति विद्युत् प्रयोग गर्न पाउने गरी हरेक वितरण ट्रान्सफर्ममा विद्युत्को लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी नयाँ ट्रान्सफर्मर थप्ने र स्तरोन्नति गर्दै विद्युत् खपतको रणनीतिक योजना अगाडि सारेको हो । यस्तै, वितरण लाइन प्रणालीको संरचनागत सुधार पनि समानान्तररूपमा अगाडि बढाउने लक्ष्यका साथ काम सुरु गरिएको छ ।

हाल प्राधिकरणको प्रणालीमा आफ्नै आयोजनाबाट १० हजार ६ सय ४२ मेगावाट घण्टा, निजी क्षेत्रबाट नौ हजार तीन सय २१ मेगावाट घण्टा विद्युत् उपलब्ध छ । चालू आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा उपलब्ध हुने विद्युत्को मात्रा हाल उपलब्ध भएको भन्दा बढी हुनेछ । त्यस आधारमा पनि विद्युत् खपत बढाउनुपर्ने बाध्यतामा प्राधिकरण पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *