September 18, 2021

अझै तीन दिन वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना ।

विभाग अनुसार पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र चक्रवात उत्तरपश्चिम सर्ने क्रममा भएकोले देशभर भारी वर्षाको सम्भावना रहेको हो। 

विभागले प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा, चट्याङ पर्ने र ठूलो बेगको हावाहुरी आउन सक्ने बताएको छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको भनाइ छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली भूभागका केही स्थानमा भने हिमपात समेत हुने विभागले जनाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *