September 18, 2021

जब ऐनाको नजर अनुहार सम्म आयो । – कविता

जब ऐनाको नजर अनुहार सम्म आयो ,
तब उनको मनको माया यो मुहार सम्म आयो।

माझी दाईलाई त बगाएर लगेछ नि बाडिले,
डुगा कसरी पौडिएर किनार सम्म आयो।

आमा विरामि पर्दा हस्पिटलसम्म नआउने छोरो ,
गलफेर्न्डलाई खुसी पार्न आज कतार सम्म आयो।

सोच्दै थिए म तिम्रो लागि के के बन सक्छु ,
यो दिमागमा फ्याटै पागल बन्ने विचार सम्म आयो।

हल्ला गर्नेहरूले होला सायद ठुलै हल्ला गरिदिए छन्,
अलिकति मात्र के रीसाथे कुरा त बजार सम्म आयो।

– समिका थापा…..✍❣

Leave a Reply

Your email address will not be published. Required fields are marked *