September 18, 2021

गण्डकी प्रदेशमा ढल्यो एमाले सरकार-हेर्नुहोस।

काठमाडौँ / विश्वासको मत पाउन नसक्दा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएका छन् । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारले विश्वासको मत प्राप्त गर्न असफल भएसँगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएका हुन् । 

सभामुख नेत्रनाथ अधिकारीका अनुसार बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको थियो ।

गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङ पदमुक्त भएसँगै अब विपक्षी गठबन्धनले आफ्नो नेतृत्वमा नयाँ सरकार बन्न सक्ने दाबी गर्दै आएको छ । 

Source : arthadabali

Leave a Reply

Your email address will not be published. Required fields are marked *