September 18, 2021

गणेश लामाको पोखरा यात्रा मिसन सक्सेस।-कृष्णचन्द्र बने मुख्यमन्त्री

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनको तर्फबाट नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलको नेता कृष्ण चन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

स्वतन्त्र प्रदेश सांसद राजिव गुरुङ सरकारको मन्त्री पद छोडेर विपक्षी गठबन्धनमा लागे पछि सरकार गठनको लागि विपक्षी गठबन्धनलाई बहुमत मिलेको हो । उनलाई बहुमतका आधारमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रमिा नियुक्त गरेकी हुन् ।

नेपाली काँग्रेस पार्टीको निर्देशनमा युवा नेता गणेश लामा यस अघि पोखरामा पुगेर निकटका मित्र प्रदेश सांसद राजिव गुरुङलाई विपक्षि गठबन्धनमा लाग्न कन्भिन्स गरेका थिए । तत्पश्चात राजिव गुरुङ विपक्षी गठबन्धनमा खुलेर लागे र विपक्षी गठबन्धनले आवश्यक बहुमत प्राप्त गरे । गणेश लामा पोखरा पुगेर पृथ्वी सुब्बा गुरुङको सरकार ढाल्न भुमिका खेलेको सुईको पाए पछि निषेधाज्ञा उलंघन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर शुक्रबार छाडेका थिए ।

आफु पार्टीको निर्देशन अनुासार मिसन सफल बनाएर आएको बताउदै युवा नेता लामाले ओलिको तानाशाही तन्त्र पोखराबाट ढल्न शुरु गरेको घोषणा गरेका छन् ।

Source : khullakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *