September 18, 2021

लगानिकर्ताले पढ्नै पर्ने!-नेप्से न्युज लेटरको नयाँ अंक।

काठमाडौं : सेयर बजारको प्राविधिक र आधारभूत विश्लेषणसहित साताभरको महत्वपूर्ण गतिविधि समेटिएको  ‘नेप्से वाच’ न्यूज लेटरको चौधौं संस्करण प्रकाशित भएको छ । यो अंकलाई अझै परिष्कृत र परिमार्जित गरिएको छ । मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकको कम्पनी विश्लेषण गरिएको छ । अल्पकालीन कारोबारका लागि यी २ कम्पनीहरुको अवस्था कस्तो भनेर पाठकले थाहा पाउन सक्नु हुनेछ ।

त्यतिमात्र होइन, असार ११ गतेदेखि आइपीओ खुला हुन लागेको जीवन विकास लघुवित्तको समग्र अवस्था कस्तो छ भनेर पनि यस अंकमा अध्ययन गरिएको छ । यसबाहेक यसअघिका नियमित सबै स्तम्भहरुलाई स्थान दिइएको छ । सेयर बजारका लगानीकर्तालाई नेप्से न्यूज लेटर निकै उपयोगी हुने विश्वास लिइएको छ ।  यस्तै, यस न्यूज लेटरले सेयर बजारमा साताभर भएका महवपूर्ण गतिविधिहरुलाई समेटेको छ । साथै, आगामी साता बजार के होला ? भन्ने जानका लागि केही महत्वपूर्ण आधारभूत तथा प्राविधिक टुल्सहरुको आधारमा विश्लेषण पनि गरिएको छ । यसैगरी, नेप्सेको समग्र ट्रेन्ड विश्लेषण पनि गरिएको छ । 

नेप्से वाच न्यूज लेटर पढ्न यो लिंकमा क्लिक गर्नुहोस् ।  

 यसका साथमा नेप्सेको सेक्टरवाइज अवस्था पनि उल्लेख छ । यतिमात्र होइन, देशको समष्टिगत अर्थतन्त्रको अवस्था कमोडिटी मार्केट, विश्व सेयर बजारको एक भलक पनि यसमा राखिएको छ । यसबाहेक सेयर बजारका अन्य थुप्रै समसामयिक र महत्वपूर्ण सूचकहरु पनि यो अंकमा समेटिएका छन् ।  यो न्यूज लेटर  ‘स्मार्ट वेल्थ प्रो’का प्रयोगकर्ताले निःशुल्क प्रयोग गर्न पाउने छन् । यस्तै, यो न्यूज लेटर केही समयका लागि नेपाली पैसाको प्रडक्ट सेयर म्यानेजर तथा अन्य बेसिक प्रयोगकताहरुले पनि निःशुल्करुपमा पढ्न पाउनेछन् । साप्ताहिकरुपमा यो न्यूज लेटर पढनका लागि स्मार्ट वेल्थ प्रो लग इन गर्दै रहनु होला । From NepaliPaisa

Leave a Reply

Your email address will not be published. Required fields are marked *