September 18, 2021

नेप्सेमा ऐतिहासिक रेकर्ड ब्रेक,एकैदिन ७१.०६ अंकको गिरावट

सेयर बजार परिसूचक नेप्सेमा सोमबार ऐतिहासिक गिरावटको रेकर्ड ब्रेक भएको छ । गत आइतबार अधिकतम ६३.२८ अंकले घटेको नेप्से परिसूचक सोमबार एकैदिन थप ७१.०६ अंकले गिरावट आएको हो ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको छ । यो हालसम्मकै उच्च गिरावट हो ।

तथापि, सेयर बजारमा उच्च गिरावट आइरहँदा यता कारोबार रकम भने झण्डै १२ अर्ब रुपैयाँ पुगेको छ ।  नेप्सेका अनुसार आज कुल २२७ कम्पनीका २ करोड ३० लाख ११ हजार ८२० कित्ता सेयर एक लाख ३० हजार ३९७ पटक किनबेच हुँदा कुल ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६०४ रुपैयाँको कारोबार भएको छ ।  गत कारोबार दिन जस्तै यस दिन पनि नेप्से परिसूचकका सबै समूहहरु ऋणात्मक भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *